Skip to main content

कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर बिष्ट

Submitted by editor on
ईबिगुल संवाददाता
lok

धनगढी, २ असोज : कैलाली बहुमुखी क्याम्पस धनगढीले बिहीबार नबौं क्याम्पस प्रमुखको रुपमा सह प्राध्यापक डाक्टर लोक बहादुर बिष्टलाई पाएको छ । एक महिना पहिले अर्को ब्यबस्था नभए सम्मका लागि क्याम्पस प्रमुखमा नियुक्त भएका डाक्टर बिष्टलाई सुदूरपश्चिम बिश्व विद्यालयले पुरै कार्यकालका लागि क्याम्पस प्रमुखको नियुक्त गरेको हो । तत्कालिन क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्ट सेवा निबृत भएपछि बिश्व विद्यालयले क्याम्पस प्रमुखका लागि आवेदन खोलेको थियो ।

नवनियुक्त क्याम्पस प्रमुख बिष्टले २०५८ साल भदौ १ गतेबाट कैलाली बहुमुखी क्याम्पसमा सेवा प्रारम्भ गरेका थिए।  २०८० साल भदौ १५ गतेबाट बिष्ट सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत थिए । बिष्ट कैलाली क्याम्पस प्रध्यापक संघको सभापती समेत रहिसकेका छन् ।  डोटीको तत्कालिन दुर्गामाण्डौं गाविस, हाल केआई सिंह गाउँपालिका वडा नं ४ वायलमा २०३० सालमा जन्मीएका बिष्ट कैलाली बहुमुखी क्याम्पसमा खटेर काम गर्ने, निकै मेहनती र निर्णय क्षमता भएका प्राध्यापकको रुपमा चिनिन्छन। एसएलसी सम्मको शिक्षा गाउँकै झिमेमालिका माविबाट गरेका बिष्ट त्रिभुवन बिश्वविद्यालयका गोल्ड मेडलिष्ट विद्यार्थी  हुन । उनले स्नातकोत्तरतहमा गोल्ड मेडल प्राप्त गरेको हो ।

बिष्टले सन् २०१४ मा विद्याबारिधी गरेका थिए । डाक्टर बिष्ट नेपाल विद्या भुषण, महेन्द्र विद्या भुषण बाट बिभूषित भैसकेका छन । त्यसैगरी जगतबहादुर सिं बुढाथोकी जस्ता पदक समेत प्राप्त गरेका छन । बिष्टले सुरुमा ऐश्वर्य विद्यानिकेतनमा पनि अध्यापन गरेका थिए ।
क्याम्पस प्रमुख नियुक्त भएपछि डाक्टर बिष्टले पूर्व क्याम्पस प्रमुख डाक्टर हेमराज पन्त लगायत क्याम्पस प्रमुखहरुको सामिप्यतामा रहेर काम गर्ने अवसर पाएकोले यो अबस्थामा पुगेको बताए ।