काठमाडौँ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा पुगेकी छिन् । आइतबार दिउँसो एमाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् ।
एमालेलाई सक्रिय राजनीतिमा आउन सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहेका बेला पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् ।
भण्डारीको सचिवालयका अनुसार एमालेमा सक्रिय हुनेबारे ओली र भण्डारीबीच कुराकानी हुनेछ । सोमबार बस्ने पोलिटब्युरो बैठकको समापन गर्दै ओलीले भण्डारी राजनीतिमा आउने बारेमा आफूले संवाद गर्ने र पार्टीको निर्णयअनुसार निर्णय गर्ने बताएका थिए । दुई नेताबीच ४ बजे भेटवार्ता हुने एमाले केन्द्रीय कार्यालय च्यासलले जनाएको छ ।