Skip to main content

नागा थिएटरमा 'रेड पिटर' नाटक प्रदर्शन हुने

Submitted by sandesh on 2023-03-04, 07:22
2023-03-04, 07:22
नागा थिएटरमा 'रेड पिटर'

काठमाडौं: चर्चित नाटक ‘रेड पिटर’ होटर वज्रको नागा थिएटरमा प्रदर्शन हुने भएको छ। आगामी बिहीबार साँझ ७ ः १५ बजेदेखि सुरु हुने र जुन १५, १६, १७, १८, २२, २३, २४ र २५ जुनमा पनि प्रदर्शन हुनेछ।

स्टुडियो–७ ले निर्माण गरेको ‘रेड पिटर’ फ्रान्ज कफ्काको ‘रिपोर्ट टू एन एकेडेमी’को नाट्य रुपान्तरण हो। जसमा एक आधा मानिस–आधा बाँदरले मानव र बाँदर जीवनको बारेमा अध्यापकहरूलाई लेक्चर दिन्छ।

मानव सभ्यताका कारण एक बाँदरले भोगेको तीतो अनुभव बाँदरकै माध्यमबाट व्यक्त गर्ने कोसिस गरेका छन्।

कफ्काको कथा ‘रिपोर्ट टू एन एकेडेमी’ सन् १९२५ मा पलिहो पटक दी न्युयोर्क हेराल्ड ट्रिब्युनमा प्रकाशित भएको थियो। कफ्का सन् १८८३ मा हालको चेक रिपब्लिकको राजधानी प्रागमा एक जर्मन भाषी यहुदी परिवारमा जन्मिएका थिए।

उनको कथालाई धेरै समीक्षकहरूले यहुदी पृष्ठभूमीसँग पनि जोडेका थिए। २०औं शताब्दीका एक चर्चित साहित्यकारका रूपमा परिचित कफ्काको ४० वर्षको उमेरमा निधन भएको थियो।

नागा थिएटरमा प्रदर्शन हुने नाटकका लागि टिकट मुल्य एक हजार, पाँच सय र विद्याथीका लागि तीन सय रूपैयाँ तोकिएको छ। अन्नपूर्ण पोष्टबाट साभार