Skip to main content

अस्पताल भन्दै बनाईएको चर्चमा धनगढी उपमहानगरको डोजर

Submitted by editor on
ईबिगुल संवाददाता
चर्चमा उपमहानगरले डोजर चलाएको छ

धनगढी : धनगढीको मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चमा उपमहानगरले डोजर चलाएको छ । सोमबार मात्रै धनगढी उपमहानगरले लेट मेईन नामक संस्थाले लिएको अनुमति रद्ध गरेको थियो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेहरामा लेट मेईन प्राली नामक संस्थाले स्थानीय प्रभाकर भण्डारीबाट जग्गा भाडामा लिएर भवन बनाएको थियो । स्थानीयलाई छालाको अस्पताल बनाईरहेको भन्दै झुक्याईएको थियो भने वडा नम्बर ७ बाट पनि तालिम चलाउने सेमिनार हल भनेर इजाजत लिइएको थियो ।

तर उक्त इजाजत भन्दा झरक ब्यवसाय भएको भन्दै उपमहानगरले लेट मेईन प्रालिले लिएको अनुमति खारेज गर्दै मंगलबार डोजर चलाएको हो । उपमहानगरका तीन वटा डोजरले उक्त भवन भत्काएको छ । त्यस भवनमा केही दिन यता चर्च सञ्चालनमा थियो ।

अस्पताल बनाउने भन्दै झुक्याएर चर्चमा  संगती हुन थालेपछि स्थानीयले विरोध गरेका थिए । उनीहरुले उपमहानगरमा उजुरी पनि हालेका छन 
यसअघि उपमहानगरपालिकाले लेट मेइन धनगढी प्रालिलाई २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र काटेपछि सो अवधीभीत्र उसले जवाफ नफर्काएको उपमहानगरले जनाएको छ । 

उपमहानगरपालिकाले विभिन्न मिडियामा आएको समाचार तथा स्थानीयको समेत गुनासो आएकाले संस्था दर्ता भए÷ नभएको, भवनको नक्सा पास भए÷नभएको, जग्गा धनीसँग गरिएको सम्झौता, सम्झौता बमोजिम कार्यक्रम  भए÷ नभएको लगायतका प्रमाण माग गरेको थियो । चर्चका तीन जना पक्राउ परिसकेका छन ।