Skip to main content

गेटा अस्पताल नजिक फेला परेकी महिलाको पहिचान खुल्यो, दुईजना पक्राउ

Submitted by editor on
शिवराज भट्ट
कुमारी चौधरी

धनगढ : कैलालीको गेटा अस्पताल नजिक घाईते अवस्थामा भेटिएर सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्युभएकी महिलाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक पदम बहादुर विष्टले ती महिला धनगढी उपमहानगरपालिका वडा नम्बर ११ बरबट्टाका मान बहादुर चौधरीकी ३५ वर्षिया श्रीमती कुमारी चौधरी रहेको बताए ।

प्रहरीले कुमारीको झोलमामा भेटिएको पासपोर्ट साईजको फोटोले उनको पहिचान खुलेको बताएको छ । ‘झोलामा अत्तरियाको एउटा फोटो स्टुडियोको छाप सहितको फोटो भेटियो, त्यही फोटोका आधारमा फोटो स्टुडियोबाट उनको ठेगाना पत्ता लाग्यो, अनी घरका मान्छे पनि पत्ता लागे’ प्रहरी उपरिक्षक विष्टले भने । 

बुधबार कुमारी चौधरी गेटा मेडिकल कलेजको मुख्य गेट देखि झण्डै एक सय मिटर भीत्रको सडक छेउमा घाईते अवस्थामा फेला परेकी थिईन । टाउको र हातमा चोट लागेर अचेत अवस्थामा भेटिएकी ति महिलालाई ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरीले पदमा अस्पताल अत्तरिया पुगाएको थियो । 

उनको पदमा अस्पतालमा उपचार सम्भव नभएपछि सेती प्रादेशीक अस्पताल ल्याइएको थियो । उनको सेती प्रादेशीक अस्पतालमै बुधबार राती सवा ८ बजे मृत्युभएको थियो । 

प्रहरीले ती महिलाई बोकेको सुपप्र ०१००१ ह ४८५७ नम्बरको अटो, अटोका चालक कैलालीको गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जीतबहादुर दमाई र अटोमै सवार दमाईका साला २३ वर्षीय कालु दमाइलाई प्रहरीले पक्राउ गरेको छ । 

ती महिला आरपी फ्लोर मील नजिकबाट उक्त अटोमा चढेर कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गजरौला स्थिति माईती घर जादै थिईन । अटो चालक जीत बहादुर दमाईले कुमारी चौधरीले अटोबाट हाम फालेको बयान दिएका छन । तर उनले अटो मेडिकल कलेजतिर किन मोडे भन्ने कुराको अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक विष्टले बताए ।

‘अटो चालकले मापसे गरेर तिब्र गतिमा अटो चलाएले महिलाले डराएर हाम फालेको बयान दिएका छन तर उनले अटो मेडिकल कलेजको मुख्य गेट हुदै भीत्र किन मोडे ? भन्ने कुरा खुलेको छैन, त्यसमा अनुसन्धान भईरहेको छ’ विष्टले भने ।