Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले दिए राजीनामा

Submitted by editor on
ईबिगुल संवाददाता
राजीनामा

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले अल्पमतमा परेको अन्तिम दिन अथवा ३० औं दिनमा राजीनामा दिएका छन । 

विश्वासको मतका लागि संसद बैठक बोलाई मागेका उनले, विश्वासको मत नपाउने देखेपछि शुक्रबार संसदमा सम्बोधन गरेर राजीनामा दिएका हुन । यो सँगै सुदूूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ । 

विश्वासको मतका लागि संसद बैठक बोलाउन सभामुखलाई पत्र पठाएका उनले विश्वासको मत नपाउने देखेपछि संसदमा सम्बोधन गरे लगत्तै प्रदेश प्रमुख नजीर मियाको निवासमा गएर राजीनामा बुझाएका हुन । 

संघमा नयाँ गठबन्धन बनेसँगै, असारको २०  गते नेकपा एमालेले उनलाई दिएको समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए । उनको नेतृत्वको सरकारले ल्याएको बजेट पनि पास हुन नसकेपछि साउन १ गते देखि प्रदेशमा बजेट सुन्यताको अवस्था आएको थियो । 

उनले बजेट अधिवेशन अन्त्य गराएर अध्यादेशबाट बजेट ल्याउने प्रयास पनि गरे तर एक चौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेपनि प्रदेश प्रमुख नजिर मीयाले उनले संसद अन्त्य गरेको चार दिनभीत्रै विषेश अधिवेशन बोलाई दिए । त्यसपछि सोडारीले न त अध्यादेशबाट बजेट ल्याउन पाए, न उनले राजीनामा दिने नै ठाने ।

मुख्यमन्त्री सोडारीले राजीनामा बुुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । सुदूरपश्चिम काँग्रेसका भागमा परेकाले यहाँको सरकार अब काँग्रेसले बनाउने छ । काँग्रेस र एमाले छिटो सरकार गठन गरेर प्रदेशलाई बजेट शून्यताको अवस्थाबाट मुक्त दिलाउने प्रयासमा छन ।

मुख्यमन्त्री काँग्रेसका भागमा परेकाले उसले अहिले सम्म सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगाएको छैन । संसदीय दलका नेता कमल बहादुर शाह, पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा र अर्का सिनियर नेता बहादुर सिह थापा मुख्यमन्त्रीको दौडमा छन ।