Skip to main content

प्रदेशलाई बजेट शून्यताको अवस्थाबाट मुक्तगर्ने नवनियुक्त मुख्यमन्त्री शाहको तयारी

Submitted by editor on
ईबिगुल संवाददाता
कमल बहादुर शाह

धनगढी : प्रदेश प्रमुख नजिर मियाबाट आईतबार मुख्यमन्त्री नियुक्त भएका कमल बहादुर शाहले छिट्ट्रै प्रदेशलाई बजेट सुन्यताको अवस्थाबाट निकास दिने बताएका छन । 

मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन । ‘मुख्यमन्त्री नियुक्तिसँगै चुनौती पनि त्यत्ती नै थपिएको छ । मेरा लागि यो अवसर पनि हो, सबैभन्दा पहिला प्रदेशलाई बजेट सुन्यताको अवस्थाबाट मुक्त गर्ने प्रयास गर्नेछु’ उनले भने ।

मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पास हुन नसकेपछि प्रदेश, बजेट शून्यताको अवस्थामा गएको थियो । साउन १ गते देखि प्रदेश सरकारले संकलन गर्ने कर बन्द भएको थियो । 

‘कर संकलन बन्द भएको छ, सरकार सञ्चालनका लागि खर्च गर्न नपाउने अवस्था छ । पेश्की बजेट भएपनि छिटो यसको निकास निकाल्नुपर्छ’ शाहले भने ।