Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार विश्वासको मत लिने

Submitted by editor on
शिवराज भट्ट
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन । मुख्यमन्त्रीले शाहले, बुधबार अथवा साउन ३० गते विश्वासको मत लिने भएकाले संसद बैठक बोलाई दिन भन्दै सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाएका छन ।

‘बुधबारका दिन विश्वासको मत लिने भन्दै मुख्यमन्त्री ज्युको पत्र आएको छ । बुधबार दिउसो ३ बजेका लागि संसद बैठक बोलाई सकिएको छ’ सभामुख भीम बहादुर भण्डारीले भने । संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभीत्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १८, एमालेका ११ गरी २९ प्रदेश सभा सदस्यको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशमा बहुमतका लागि चाहिने संख्या २७ हो । तर नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएको छ । उसका लक्ष्मणकिशोर चौधरी उद्योग पर्यटन बन तथा वातावरण मन्त्री भएका छन । 

मुख्यमन्त्रीको सचिवालयले नाउपाका पनि ७ जनाले विश्वासको मत हाल्ने जनाएको छ । ‘नाउपाभीत्र खासै विवाद छैन । ७ जनाले विश्वासको मत दिुनुहुन्छ’ मुख्यमन्त्रीका स्वकीय सचिव राम बहादुर विष्टले भने । 

नाउपाका ७ जनाले विश्वासको पक्षमा मत हाले शाहसँग ३४ जनाको समर्थन हुनेछ । यो भनेको संसदको झण्डै दुई तिहाईको नजिक हो । ५३ सदस्यीय प्रदेश सभामा ३६ को संख्या दुइ तिहाई हो ।