Skip to main content

माओवादी केन्द्र सुदूरपश्चिमको प्रमुख सचेतकमा गीतादेबी माल नियुक्त

Submitted by editor on
ईबिगुल संवाददाता
गीता देबी माल

धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलले प्रमुख सचेतकमा गीता देबी माललाई नियुक्त गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले माललाई प्रमुख सचेतकमा नियुक्त गरेको संसदीय दलका नेता मान बहादुर धामीले जानकारी दिए ।

यसअघि धामी प्रमुख सचेतक थिए । उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो । ‘सोमबार खाली रहेको प्रमुख सचेतक पदमा गीता देबी माललाई नियुक्त गरिएको हो’ संसदीय दलका नेता धामीले ईविगुल डटकमलाई भने ।

माल यसअघि कमल बहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री थिईन । माल डडेल्धुराबाट समानुपातिक प्रदेश सभा सदस्य हुन ।