Skip to main content

प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण

Submitted by editor on
ईबिगुल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोली सवार नेपाली सेनाको हेलिकोप्टर

काठमाडौं : बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पूर्वी पहाडी जिल्ला पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोली सवार नेपाली सेनाको हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण गरेको छ।

 

संखुवासभाको तुम्लिङटारबाट सोमबार दिउँसो पाँचथरतर्फ उडेको हेलिकोप्टर प्रतिकूल मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण गरेको हो। 

 

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले प्रतिकुल मौसमका कारण प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण गरेको अन्नपूर्णलाई जानकारी दिए।

 

यसअघि  प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संखुवासभा पुगेका थिए।