Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदै

Submitted by editor on
ईबिगुल संवाददाता
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिने भएका छन । सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले शाहले  विश्सासको मत लिने भन्दै पत्राचार गरेकाले बुधबार ३ बजे संसद बैठक बोलाएका छन ।

संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभीत्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १८, एमालेका ११ गरी २९ प्रदेश सभा सदस्यको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशमा बहुमतका लागि चाहिने संख्या २७ हो । तर नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएको छ । उसका लक्ष्मणकिशोर चौधरी उद्योग पर्यटन बन तथा वातावरण मन्त्री भएका छन । 

मुख्यमन्त्रीको सचिवालयले नाउपाका पनि ७ जनाले विश्वासको मत हाल्ने जनाएको छ । ‘नाउपाभीत्र खासै विवाद छैन । ७ जनाले विश्वासको मत दिुनुहुन्छ’ मुख्यमन्त्रीका स्वकीय सचिव राम बहादुर विष्टले भने । 

नाउपाका ७ जनाले विश्वासको पक्षमा मत हाले शाहसँग ३४ जनाको समर्थन हुनेछ । यो भनेको संसदको झण्डै दुई तिहाईको नजिक हो । ५३ सदस्यीय प्रदेश सभामा ३६ को संख्या दुइ तिहाई हो ।