Skip to main content

सुदूरपश्चिममा समाजवादीले मुख्यमन्त्री शाहको विपक्षमा मत नहाल्ने

Submitted by editor on
ईबिगुल संवाददाता
नेकपा एकीकृत समाजवादी

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री कमल बहादुर शाहको विपक्षमा मत नहाल्ने भएको छ । पूर्व आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सरकारको विपक्षमा मत नहाल्ने बताए । ‘हामी पक्षमा पनि मत हाल्दैनौं, विपक्षमा पनि हाल्दैनौं, तटस्थ बस्ने सल्लाह भएको छ’ पूर्वमन्त्री शाहीले भने ।

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्य छन । यसघिको सरकारमा चार जना प्रदेश सभा सदस्य भएकै दलका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री भएका थिए । केन्द्रमा काँग्रेस एमालेको गठबन्धन भएलगत्तै सोडारी सरकार साउन १९ गते बर्हिगमन भएको थियो ।