Skip to main content

प्रदेश सरकारले बझाङका पहिरो पिडितलाई एक लाख राहत दिने

Submitted by editor on
ईबिगुल संवाददाता
राहत दिने

धनगढी : बझाङमा पहिरोमा परेर ज्यान गुमाएमा परिवारका सदस्यलाई प्रदेश सरकारले एक÷एक लाख राहत दिने भएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले आज एक विज्ञप्ती जारि गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका आफन्तलाई एक हजार राहत दिने जनाएका छन । 

सोमबार विहान बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्युभएको हो ।

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान आज विहान चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे पहिरो खसेको थियो । पहिरोले घर क्षतविक्षत बनाएको छ । पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।