Skip to main content

महाकाली यातायातको बस चितवनमा दुर्घटना, १६ जना घाईते

Submitted by editor on
सडक किनारमा बनाईएको बारले रोकेपछि बस त्रिसु्ली नदीमा खस्नबाट जोगाएको छ । बस दुर्घटनामा तीन जना गम्भिर घाईते भएका छन ।
ईबिगुल संवाददाता
दुर्घटना हुँदा १६ जना घाईते

धनगढी : शनिबार महेन्द्रनगरबाट काठमाण्ठौंका लागि छुटेको महाकाली यातायात प्रालिको बस आजईतबार विहान नारायणघाट मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा १६ जना घाईते भएका छन ।

महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले दिएको जानकारी अनुसार सुप्र.प्र.०२–००१ ख १३३२ नंम्बरको सुपर एससी बस आज विहान सवा ७ बजे चितवनको भरतपुर महानगरपालिका २९ घुमाउनेमा  अनियन्त्रित भइ सडकको छेवैमा बनाइएको डिभाइडरमा पल्टिएको हो ।

सडक किनारमा बनाईएको बारले रोकेपछि बस त्रिसु्ली नदीमा खस्नबाट जोगाएको हो । सडकको करिब एक सय मिटर तल त्रिशुली नदी छ ।  बस दुर्घटनामा हुँदा १६ जना घाईते भएका र तीन जनाको अवस्था गम्भिर रहेको पन्तले बताए ।

घाईतेहरुको नाम खुलेको छैन । घाईते सबैलाई  चितवन मेडिकल कलेजमा लगिएको छ । घाईतेलाई उपचारको लागी भरतपुर तर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए । दुर्घटनापछि उक्त स्थानमा बाटो एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।