Skip to main content

चितवनमा महाकाली यातायातको बस दुर्घटना : को को भए घाईते

Submitted by editor on
सडक किनारमा बनाईएको बारले रोकेपछि बस त्रिसु्ली नदीमा खस्नबाट जोगाएको छ । बस दुर्घटनामा तीन जना गम्भिर घाईते भएका छन ।
ईबिगुल संवाददाता
दुर्घटना हुँदा १७ जना घाईते

धनगढी : शनिबार महेन्द्रनगरबाट काठमाण्ठौंका लागि छुटेको महाकाली यातायात प्रालिको बस आईतबार विहान नारायणघाट मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा १७ जना घाईते भएका छन ।

महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले दिएको जानकारी अनुसार सुप्र.प्र.०२–००१ ख १३३२ नंम्बरको सुपर एससी बस आज विहान सवा ७ बजे चितवनको भरतपुर महानगरपालिका २९ घुमाउनेमा  अनियन्त्रित भइ सडकको छेवैमा बनाइएको डिभाइडरमा पल्टिएको हो ।
सडक किनारमा बनाईएको बारले रोकेपछि बस त्रिसु्ली नदीमा खस्नबाट जोगाएको हो । सडकको करिब एक सय मिटर तल त्रिशुली नदी छ ।  बस दुर्घटनामा हुँदा १७ जना घाईते भएका र तीन जनाको अवस्था गम्भिर रहेको पन्तले बताए ।

घाईते सबैलाई  चितवन मेडिकल कलेजमा लगिएको छ । घाईतेलाई उपचारको लागी भरतपुर तर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए । दुर्घटनापछि उक्त स्थानमा बाटो एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । 
सामान्य घाईतेहरु
१)े  भीमदत्त ननगरपालिका १० का चालिस वर्षिय  तारा भट्ट 
२) भीमदत्त ननगरपालिका १० का २० वर्षिय दिपेश भट्ट 
३) भीमदत्त ननगरपालिका ८ का ३७ वर्षिय दिल बहादुर सुनार 
४) भीमदत्त नगरपालिका ३ का २३ वर्षिय समिदेवल राना
५) भीमदत्त नगरपालिका ७ का ३४ वर्षिय धरम खड्का
६) भीमदत्त नगरपालिका ९ का २५ वर्षिय  भिमसेन सार्की 
७) भीमदत्त नगरपालिका ४ का २३ वर्षिय विनोद सार्की 
८) कैलालीको लम्कीचुहा ३ की २३ वर्षिय हरिकला थापा
९)कैलालीको लम्कीचुहा ३ का १९ वर्षिय कैलाश विक
१०) कैलालीको लम्कीचुहा ३ कै २७ वर्षका कृष्ण विक
११) कैलालीको लम्कीचुहा ३ का ३५ वर्षिय जयन्ती बिक
१२) गोदावरी नगरपालिका बस्ने ३७ वर्षिय  शेर बहादुर विष्ट

मध्यम घाईतेहरु
१) बझाङको  बित्थडचिर गाउँपालिका ४ का २२ वर्षिय बसन्त बोहोरा 

२) दार्चुलाको  महाकाली नगरपालिका ६ का २३ वर्षिय लक्ष्मण बम
३) बैतडीको दशरथचन्द नगरपालिका २ का ३७ वर्षिय जनक विजाली
४) डडेलधुराको गन्यापधुरा गाउँपालिका ३ का ३३ वर्षिय देवबहादुर भुल 

५) चितवनको भरतपुर महानगरपालिका ५ का २५ वर्षिय विपिन न्यौपाने