Skip to main content

सुदूरपश्चिममा गौराको रौनक, बनदेबी र शिवपुरीमा यसरी मनाइयो गौरा (फोटोफिचर)

Submitted by editor on
ईबिगुल संवाददाता
गौरापर्व

धनगढी : सुदूरपश्चिममा गौरापर्वको रौनक छाएको छ । सोमबार अठेवाली अथवा विरुडाले गौरीको पुजन गरी आफन्तको टाउको पुजन गरी दिर्घायुको कामना गर्ने दिन । सुदूरपश्चिमका गाउबस्ती देखि शहरसम्म गौरामय भएका छन । पहाडबाट तराई झरेकाहरुले धनगढीमा पनि भब्यताका साथ गौरा पर्व मनाएका छन । 

सुदूरपश्चिमको मौलिक पर्वका रुपमा रहेको गौरापर्वको आज मुख्य दिन हो । आजको दिनलाई अठेवाली पनि भनिन्छ । पञ्चमीका दिन भिजाएको अंकुरित भएको विरुडाले आज दिनभरी गौरीको प्रतिमाको पुजन हुन्छ ।

गौरीको पुजन पछि आजको दिन आफन्तजनको टाउको पुजनगरी सुस्वास्थ्य एवम दिर्घायुको कामना गरिन्छ ।

शनिबार व्रतालु महिलाहरूले घर÷घरमा ‘बिरुडा’ अथवा पाँच प्रकारका अन्न, मास, केराउ, गहत, गहुँ र गुराउस भिजाएका थिए । आईतबार नजिकको जलासय, कुण्ड वा कुवामा गएर सामुहिक रुपमा विरुडा धुने कार्य सम्पन्न भयो । 

सोमबार भने गौराको खालो अथवा आआफनो पायक पर्ने मन्दिरमा गौरीको पुजन सम्पन्न भएको छ । आजको दिन पनि स्थानीय भाषामा रहेको सगुन तथा गौरी पुजनको फाग गाउने चलन रहेको छ । पुुरुषले लगाउने जनै जस्तै महिलाहरु आजको दिन दुुबधागो लगाउने गर्छन ।

गौरा पर्व महिलाहरुको मात्र पर्व हो । गौरा पर्वमा विवाहित महिलाले मात्र ब्रत बस्नुपर्छ । यस पर्वमा पुरुषहरुले ब्रत बस्नुपर्दैन तर पुरुषहरु गौरा पर्वको अवधरीभर देउडा, ढुस्को र धुमारी जस्ता खेल खेलेर रमालाई गर्ने गर्छन । 

विवाहित महिलाहरुले गौरा पर्वमा बस्ने ब्रत अठेवालीका दिनदेखि सकिएको छ । तर रमाईलोका लागि गौरा पर्व अझै तीन दिन देखि हप्ता दिनसम्म चल्नेछ । तराईका जिल्ला भन्दा पनि पहाडि जिल्लाहरुमा अझै गौराको रौनक बढी हुने गरेको छ ।