Skip to main content

धनगढीको शिवपुरी धाममा विहीबार र शुक्रबार गौरा महोत्सव हुने

Submitted by editor on
ईबिगुल संवाददाता
गौरा तथा तिज महोत्सव

धनगढी : धनगढीको शिवपुरी धाममा यही भदौ १३ र १४ गते गौरा तथा तिज महोत्सव हुने भएको छ । भदौ १३ र १४ गते शिवपुरी धाममा महोत्सव हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिवपुरी उत्तर रामेश्वरम् धाम, शिवपुरी नारी जागरण मञ्च, राष्ट्रिय संगीतकर्मी संघ र सुप कला प्रतिष्ठानको सह–आयोजनामा महोत्सव हुने भएको हो । 

महोत्सवमा सुदूरपश्चिमका सबै जिल्लाको मौलिक गौरा प्रदर्शन गरिनुका साथै तिज गीत गायन प्रदर्शन हुनेछ । सुदूरपश्चिमका फरकफरक ठाउँमा केही भिन्न तरिकाले गौरा खेल हुने भएकाले ती सबैको संरक्षण र प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिन लागेको सुप कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरूले बताए ।

उनले गौरामामा खेलिने र गाइने चैत, फाग, धुमारी र ढुस्को प्रदर्शन गरिने आयोजकले जनाएको छ। गौरा तथा तिज महोत्सव शिवपुरी धाममा हरेक वर्ष आयोजना गर्ने शिवपुरी धामका कार्यबाहक अध्यक्ष योगेश मल्लले बताए । उनले भदौ १३ गतेसम्म महोत्सवमा सहभागी हुन समूह दर्ता गर्न सकिने बताएका छन ।