Skip to main content

नेकपा एसको उपाध्यक्षमा जोशी र उपमहासचिवमा शाह विजयी

Submitted by editor on
सुदूरपश्चिमबाट भानुभक्त जोशी उपाध्यक्षमा, गरिमा शाह उपमहासचिवमा, शेर बहादुर कुवर सचिवमा र गणेश विक दलित तर्फको सचिवमा विजयी भएका छन ।
ईबिगुल संवाददाता
मतपरिणाम

धनगढी : नेकपा एसको पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ । सुदूरपश्चिमबाट भानुभक्त जोशी उपाध्यक्षमा, गरिमा शाह उपमहासचिवमा, शेर बहादुर कुवर सचिवमा र गणेश विक दलित तर्फको सचिवमा विजयी भएका छन । उपाध्यक्षमा जोशीले १५६ मत पाए । जोशी नेपाल प्यानल भन्दा फरक उमेदवार हुन । 

कैलालीकी गरिमा शाह पनि उप महासचिवमा विजयी भएकी छिन । परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन् । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएका छन् । ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

अछामका शेर बहादुर कुवर पनि सचिवमा निर्वाचित भएका छन । उनी सर्वाधिक मत ल्याएर विजयी भएका  हुन । उनले १५३ मत पाएका छन । 
यस्तै सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक नेकपा एकीकृत समाजवादीको दलित सचिवमा निर्वाचित भएका छन् । 

१८० मतसहित उनी विजयी हुँदा निरादेवी जैरु पराजित भइन् । उनले ९८ मत पाएकी थिइन् । उनी डडेल्धुराकी हुन् । अर्का उम्मेदवार कृष्ण बहादुर नेपालीले २६ मत पाएका थिए ।