Skip to main content

सुदूरपश्चिममा मेडिकल कलेज नबन्नु स्वार्थ समूहको खेल

Submitted by editor on
जुन प्रदेशमा ४५ प्रतिसत भन्दा धेरै गरिब छन, जुन प्रदेशका जनताको आय अरुको भन्दा कम छ, गरिवि हुनुभनेको विरामी पनि बढी हुनु हो । जहाँ बढी विरामी हुन्छन, त्यहाँ मेडिकल कलेज नखोल्नु भनेको राज्यले यो क्षेत्रका जनताप्रति गरेको अपराध हो ।
ईबिगुल संवाददाता
ठाकुर प्रसाद ढुंगेल

धनगढी : कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ठाकुर प्रसाद ढुंगेलले गेटामा बनिरहेको मेडिकल कलेजको ढिलाई हुनुमा स्वर्थ समुहको खेल भएको बताएका छन । उनको भनाई जस्ताको तस्तै :

मेडिकल कलेज सबै प्रदेशहरुमा बनिसके । तर सुदूरपश्चिममा बनेन । ६ प्रदेशमा सरकारी मेडिकल कलेजहरुमा पढाई हुन थालेको सूचना आयो । यहाँ किन बनेन त ? यो बुझिने कुरा त छ नी  । स्वार्थ समुहको खेल हो जस्तो लाग्छ ।   जबकी मेडिकलको पुर्वाधार बनिसक्दा पनि एक सय शैयाको अस्पताल मात्रै किन ? मेडिकल कलेजका लागि त ३ सय शैया चाहिन्छ भन्ने कुरा ऐनमै ब्यवस्था छ । 

सय सैया घोषणा गरेकाहरुलाई के यो कुरा थाहा नभएको हो र ? यो भनेको सरकारको तर्फबाट सुदूरपश्चिमलाई लंगडो बनाउने प्रयास हो । यो नबन्नुमा कुन स्वार्थ समूमलाई के चाहिएको छ, त्यो अध्ययन गर्न जरुरी छ अब । स्वार्थ समुह छैन भने त यहीबाट प्रधानमन्त्री, यहीबाट गृहमन्त्री, अनेकौं नेताहरु यहीबाट किन बनेन त  ? यसमा सबैले आवाज पनि उठाउनुपर्छ चासो पनि राख्नुपर्छ ।  यो अन्याय मात्रै होईन, अपराध हो जस्तो लाग्छ मलाई त । 

जुन प्रदेशमा ४५ प्रतिसत भन्दा धेरै गरिब छन, जुन प्रदेशका जनताको आय अरुको भन्दा कम छ, गरिवि हुनुभनेको विरामी पनि बढी हुनु हो । जहाँ बढी विरामी हुन्छन, त्यहाँ मेडिकल कलेज नखोल्नु भनेको राज्यले यो क्षेत्रका जनताप्रति गरेको अपराध हो भन्छु म त ।