Skip to main content

गेटामा एमविविएस सुरुवात नहुनु राज्यले गरेको विभेदको पराकाष्टा

Submitted by editor on
विलम्ब गेटामा चिकित्सा शिक्षाको पढाई हुनुपर्छ । यसैपाली, संसदको चालु अधिबेशनबाटै त्यो विधेयक पारित गरी यसै शैक्षिक सत्र देखि चिकित्सा शिक्षाको पढाई हुनुपर्छ । राज्यले आफ्नो कमजोरी करेक्सन गर्नुपर्छ । हैन भने विद्यार्थीको आन्दोलन उठन सक्छ ।
ईबिगुल संवाददाता
चुडामणी भट्ट

धनगढी : कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले कैलालीको गेटामा यसपाली पनि एमविविएसको अध्ययन नहुनु भनेको राज्यले सुदूरपश्चिमबासीलाई गरेको विभेदको पराकाष्टा भएको बताएका छन । उनको भनाई जस्ताको तस्तै :

गेटा मेडिकल कलेज, सुदूरपश्चिम विश्वविद्यालय र पश्चिमसेती जस्ता राष्ट्रिय गौरवका योजना सुदूरपश्चिमबासीको आन्दोलनले स्थापित भएका हुन । 

गेटाका सन्दर्भमा पनि सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाबाट पास भएर अहिले प्रतिनिधि सभाको शिक्षा समितिमा पुगेको छ । त्यसमा धेरै दिलाई भईरहेको छ । जुन गतीमा त्यो विधेयक धेरै पहिले पारित भइसक्नुपथ्र्यो, अहिले पनि कसैले त्यसमा ढिलाई गरिरहेको हामीलाई महसुस भएको छ । 

शनिबार मात्रै एमविविएसको पढाई हुने कलेजहरुको नाम सार्वजनिक भयो, त्यसमा सुदूरपश्चिमको नाम छैन । यो निरासाजनक कुरा हो । ६ प्रदेशमा नीजि र सरकारी कलेजहरुमा एमविविएस पढाई हुने गेटामा मात्र नहुने कुरामा स्वार्थ समुहको चलखेल हो भन्ने प्रमाणित भएको छ । सुदूरपश्चिमका जनताले राज्यबाट विभेद गरेको महसुस गरिरहेका छन । पुर्वाधारका हिसावले भन्ने हो भने अरवौं रकम सरकारले लगानी गरिसकेको छ । धेरै दबाबका बाबजुट विधेयक आएको छ । 

सुदूरपश्चिमका नेताहरुले यसमा ध्यान दिन चाहेको छैन, जसकारण प्रदेशबासीमा निरासा छाएको छ । हामीले लामो प्रतिक्षा गरिसकेका छौं । अब जनस्तरबाट दबाब सिर्जना गर्नुपर्छ, खबरदारी गर्नुपर्छ । अविलम्ब गेटामा चिकित्सा शिक्षाको पढाई हुनुपर्छ । यसैपाली, संसदको चालु अधिबेशनबाटै त्यो विधेयक पारित गरी यसै शैक्षिक सत्र देखि चिकित्सा शिक्षाको पढाई हुनुपर्छ । राज्यले आफ्नो कमजोरी करेक्सन गर्नुपर्छ । हैन भने विद्यार्थीको आन्दोलन उठन सक्छ ।