Skip to main content

यसपाली पनि सेटिङमै आयो बजेट ः खगराज भट्ट

Submitted by editor on
शिवराज भट्ट
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट

धनगढी ः नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले यसपालीको बजेट पनि कर्मचारीको सेटिङमा आएको आरोप लगाएका छन । उनले, नयाँ सरकार, नयाँ युवामन्त्रीहरु भएका बेला बजेटमा केही नयाँ अनुभूती गर्न पाईला भन्ने आश भएका बेला संघीयतालाई नै धरापमा पार्ने गरी कर्मचारीको सेटिङमा बजेट आएको आरोप लगाए ।


‘स्थानीय तहहरुले सिफारिस गरेका योजना मात्रै आउछन भनेर उनीहरुलाई बोलाएर नाटक मञ्चन गरियो, तर स्थानीय तहहरुले सिफारिस गरेका योजना पनि बजेटमा परेनन । सांसदहरुले सिफारिस गरेका योजना पनि बजेटमा परेनन, भनेपछि अहिलेको बजेटमा कसले सिफारिस गरेका योजना परे त ? कर्मचारीले कमिशन लिएका योजना परे, त्यसैले यो बजेट पनि सेटिङमै आयो’ भट्टले भने ।


उनले बजेटमा विकास निर्माणका प्रार्थमिकतामा कुनै ध्यान नदिईएको बताए । ‘बजेटमा प्रार्थमिकताका आधारमा योजना समेटिएको पाईएन, विगतका जस्तै कमिशन दिनेका योजनाले स्थान पाए । यो बजेट संसोधनको माग गरिन्छ’ उनले भने । 


नेकपा माओवादी केन्द्र संसदीय दलले अहिलेको बजेटमा आफ्नो पार्टीलाई ‘बाईपास’ गरेको शिष्कर्ष निकालेको छ । सोमबार रातो किताब सार्वजनिक भएदेखि नै नेकपा माओवादी केन्द्रका नेताहरुले बजेटको विरोध गर्दै सामाजिक सञ्जालमा  चर्को विरोध सुरु गरेका छन ।
‘यही अवस्थामा बजेट पास हुदैन, शिर्ष नेताहरुसँग पनि यस बजेटका बारेमा कुराकानी भईरहेको छ । केन्द्रले पनि केही निष्कर्ष निकाल्नेछ, त्यसपछि हाम्रो कदम अघि बढ्छ’ नेता भट्टले भने ।


नेकपा माओवादी केन्द्रका सांसद अक्कल रावल, दार्चुलाबाट समानुपातिक सांसद लक्ष्मी विक, पुर्व उद्योग पर्यटन बन तथा वातावरण मन्त्री मानबहादुर धामी, नेकपा माओवादी केन्द्रकै अर्का सांसद ओमविक्रम भाटले पनि फेसबुक स्टाटस हाल्दै रातो किताबलाई कालो किताब भन्दै ब्यंग्य गरेका छन । 


बजेट माथिको छलफल सुरु नै भएको छैन । १ गते को बजेट बक्तब्यपछि संसद अनिश्चितकालका लागि स्थगित गरिएको थियो । संसद सचिवालयले बजेट माथिको छलफलको बारेमा अझै कुनै टुंगो नलागेको बताएको छ ।