Skip to main content

प्रदेश प्रमुख मियाद्वारा पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा शुभकामना ब्यक्त

Submitted by editor on
ईबिगुल संवाददाता
नजिर मिया

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले इस्लाम धर्मका प्रवर्द्धक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा शान्ति, खुसी र समृद्धिको कामना गरेका छन ।

जन्म जयन्तीको अवसरमा एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख मियाले  यस्तै कामाना गरेका हुन् । ’यो विशेष दिनले हामीलाई आत्मनिरीक्षण गर्ने र पैगम्बर’ मोहम्मदको शिक्षालाई व्यवहारमा उतार्ने अवसर दिन्छ । उहाँको जीवनले सिकाएका मूल्यहरुलाई आत्मसात् गर्दै हामीले समाजमा फैलिएको घृणा, अन्याय र विभाजनलाई अन्त्य गर्नका लागि एकजुट हुनुपर्छ’ प्रदेश प्रमुख मियाले जारी गरेको शुभकामना बक्तब्यमा उल्लेख छ ।

‘पैगम्बर मोहम्मदको जन्म जयन्तीको यो पवित्र अवसरले सबैको जीवनमा शान्ति, खुसी र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु । यो दिनले हामीलाई प्रेम, करुणा र भाइचारा फैलाउन प्रेरित गरोस् र संसारमा शान्ति र एकताको भावना सुदृढ बनोस’ बक्तब्यमा अगाडि भनिएको छ ।