Skip to main content

माओवादी सांसद भन्छन, ‘सरकारमा बस्नुको औचित्य सकियो’

Submitted by editor on
शिवराज भट्ट
सांसद ओमविक्रम भाट

धनगढी ः सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते सदनमा प्रस्तुत गरेको बजेटपछि गठबन्धनको सरकार संकटमा पर्ने देखिएको छ । बजेटमाथिको छलफल सुरु नहुदै सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका सांसदहरुले सरकार छोडनुपर्ने बताउन थालेका छन ।

नेकपा माओवादी केन्द्रका सांसदहरुले यस्तो अवस्थामा सरकारमा बसिरहनुको कुनै औचित्य नहुने तर्क गर्न थालेका छन । नेकपा माओवादी केन्द्रका सांसद ओमविक्रम भाटले यस्तो अवस्थामा सरकारमा बसिरहनुको कुनै औचित्य नभएको भनेर फेसबुकमा स्टाटस हालेका छन ।

उनले लेखेका छन, ‘संघीयतालाई कार्यान्वयन गर्नुपर्ने र आफ्नो औचित्य स्थापित गर्ने समयमा आएको संघीयता विरोधी बजेटलाई यथास्थितिमा समर्थन गर्न सकिदैन । यदि बजेट पुनर्लेखन हुँदैन र संघीयताको औचित्य पुष्टि हुनेगरि नयाँ कार्यक्रमहरु तय हुँदैनन् भने माओवादीले सुदूरपश्चिम प्रदेश सरकारमा बस्नुको औचित्य समाप्त भएको छ ।’

उनले सरकार छोडेर जनताको पक्षको साहसिक निर्णय गर्न पनि आह्वान गरेका छन । उनले अगाडी लेखेका छन, ‘यदि हामीले जनता र संघीयताका पक्षमा साहसिक निर्णय गर्न सकेनौं भने हामी पनि पदलोलुपी र ढोंगी करार हुनेछौं । त्यसकारण प्रदेश पार्टी र नेतृत्वले जनताको पक्षमा निर्णय गर्ने साहस गरोस् । सरकारमा रहिरहनु हाम्रो सफलता होइन, जनताको पक्षमा काम गर्नसक्नु मात्र हाम्रो सफलता हुनेछ ।’