Skip to main content

सुदूरपश्चिममा खुल्यो एमविविएस पढने ९ जनाका लागि छात्रबृत्ती, कसले दिन पाउछ आवेदन ?

Submitted by editor on
ईबिगुल संवाददाता
सामाजिक विकास मन्त्रालय

धनगढी : सुदूरपश्चिम स्थाई घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षामा उत्तीर्ण भएका ९ जनाले यसपाली पनि छात्रबृत्तीमा एमविविएस अध्ययन गर्न पाउने भएका छन । 

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कार्तिकको १३ गतेभीत्र आवेदन आह्वान गरेको छ । राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सामाजिक विकास मन्त्रालयले आवदेश आह्वान गरेको हो ।

यस छात्रबृत्तीका लागि सुदूरपश्चिमका ९ जिल्लाका स्थाई बासिन्दाले मात्र आवेदन गर्न पाउने प्रावधान छ । सुदूरपश्चिमका अस्पतालहरुमा चिकित्सकहरु आउन नमान्ने र सधैं जसो चिकित्सकको अभाव हुने भएकाले प्रदेश सरकारले २०७६ साल देखि हरेक वर्ष ९ जनालाई एमविविएसमा छात्रबृत्ती दिदै आएको छ ।

यसै वर्षदेखि ३ जनालाई एमडि अध्ययनका लागि पनि छात्रबृत्ती दिन लागिएको सामाजिक विकास मन्त्री मेघराज खडकाले बताए । ‘प्रदेश सरकारको छात्रबृत्तीमा अध्ययन गरेका चिकित्सकहरुले सुदूरपश्चिमका कुनै पनि अस्पतालमा २ वर्ष सेवा गर्नुपर्ने सर्तनामा गर्नुपर्छ, सर्त उलंघन गरे छात्रबृत्तीको दोब्बर रकम असुल उपर हुने प्रावधान छ’ मन्त्री खडकाले भने ।