धनगढी : कैलालीको धनगढीस्थित मोहनाघाट छठ पूजाका लागि सजाइएको छ । धनगढी उपमहानगरपालिका–२ मा रहेको मोहनाघाटमा टेण्ट निर्माण, बिजुली जडान र जाग्रमस्थल लगायत निर्माण कार्य पुरा भएको समितिका अध्यक्ष सन्तोष मण्डलले बताए ।
मोहना घाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने गरेको उनले बताए । सूर्य पुत्र कर्णले भगवान सूर्यलाई हरेक बिहान जलमा उभिएर अर्घ्य दिन्थे भन्ने विषय महाभारतमा वर्णन गरिएको छ । यस्तै, धनगढी बजारका मुख्य स्थानमा स्वागत गेट समेत निर्माण गरिएको अध्यक्ष मण्डलले बताए। मोहना घाटबाटमा श्रद्धालुले सूर्यलाई जल चढाउने गरेका छन्।
अस्ताउदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको पूजाआराधना छठ पर्वको मुख्य विषेशता हो। छठ पर्वमा माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग हुन्छ। उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।