Skip to main content

दुर्घटनाको छानविन हुन्छ ः मुख्यमन्त्री शाह

Submitted by editor on
ईबिगुल संवाददाता
मुख्यमन्त्री कमल बहादुर शाह

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आफुले एक असल सहयोद्धा गुमाएको प्रतिक्रिया दिएका छन । आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंहको श्रद्धाञ्जली सभामा प्रतिक्रिया दिदै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।


‘एक असल सहयोद्धा गुमाए, एक असल सहकर्मी गुमाए । एक सालिन सभ्य र स्पष्ट मन्त्रीपरिषदको सदस्य गुमाए’ उनले भने । उनले, पृथ्बी बहादुर सिहको मृत्युले नेपाली काँग्रेसलाई त क्षती भएको तर सुदूरपश्चिम प्रदेशले पनि एक सालिन र दूरदृष्टि भएको नेता गुमाएको प्रतिक्रिया दिए । 


‘मन्त्री भएपछि उहाँको जोड नै शुशासनमा हुन्थ्यो । जति समय सरकारमा रहेपनि जनताको पक्षमा काम गर्नुर्छ भन्नुहुन्थ्यो । एक असल अभिभावक गुमाएको महसुस भएको छ । परिवारका सदस्यप पनि गुमाउनु परेको छ । यो अकल्पनीय र दुखद घटना हो ।’


मुख्यमन्त्री शाहले मन्त्री सिंहको दुर्घटनाको छानविन हुने बताए । ‘मंगलबार उद्धार र उपचारमै वित्यो, शव धनगढी ल्याईयो, बुधबार पार्थिव शरिरमा श्रद्धाञ्जली र शवयात्रा मै वित्छ, त्यसपछि प्रदेश सरकारले छानविन समिति गठन गर्छ । प्रदेशको मन्त्रीको दुर्घटनाको सत्यतथ्य बाहिर आउछ’ उनले भने ।