धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा दोषी ठहर भएर फरार रहेका दुई जनालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीका लागि अदालत पेश गरिएको छ ।
यी हुन् पक्राउ पर्ने प्रतिवादी
१. लागु औषध खैरो हेरोइन मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।– जरिवाना
तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ मनेहरा बस्ने बर्ष २८ को संजित राना
।
२. लागु औषध खैरो हेरोइन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला
कैलाली, टीकापुर न.पा.१ ब्लक नम्बर १४ बस्ने बर्ष २६ को डायमण्ड बिक्रम शाह ।