कञ्चनपुरः कञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिका शान्ती ऐरसहित दुई जना लागूऔषधसहित पक्राउ परेका छन् ।
दार्चुलाको महाकाली नगरपालिका–४ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा ४२ वर्षीया ऐरले संञ्चालन गरेको रोल्पाली सुकुटी सेन्टर होटलबाट २ दशमलव ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित ऐर पक्राउ परेकी हुन् । ऐरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै बेलौरी नगरपालिका–७ कालोपुलबाट कैलालीको गोदाबरी नगरपालिका–८ स्याउले बस्ने २५ वर्षीय अम्मर नेपाली पक्राउ परेका छन् । नेपालीलाई ३ दशमलव ३५ ग्राम लागूऔषध खैरो हेरोइन र १ दशमलव ३२ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।