Skip to main content

   लागुऔषध सहित ४ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ परेका

धनगढी ः कैलाली र कञ्चनपुरमा लागु औषध बोकिरहेका ४ जना पक्राउ परेका छन । प्रहरीले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगपालिका वडा नम्बर १३ कैलालीगाँउबाट १३ मिलिग्राम लागू औषध खैरो हेरोईन सहित स्थानीय सुबास रान(२३ वर्ष) समेतका दुई जनालाई पक्राउ गरिएको हो । प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन ।


यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका ४ फ्लोरिडा स्कुल नजिकबाट ०.०९ ग्राम लागू औषध खैरो हेरोईन जस्तो धुलो पदार्थ सहित बनगाँउका बिनोद भुजेल ( बर्ष २८) समेत दुई जनालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । 


लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन ।