धनगढीः कैलालीको घोडाघोडीका मिनबहादुर बुढामगर लागूऔषधसहित पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका–१ शान्तिनगरबाट सोही ठाउँ बस्ने ३१ वर्षीय बुढामगर ५ ग्राम ७९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको जनाएको छ।