धनगढी: कैलालीको टीकापुर र जोशीपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रण लिएको छ।
टीकापुर नगरपालिका ६ नारायणपुर र जोशीपुर गाउँपापालिका १ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ९२ हजार ५ सय बराबरको सामान नियन्त्रणमा लिएको हो।
प्याज, सोमपापडी, चक्लेट, खुर्सानी, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।