Skip to main content

संसदीय समितिको बैठकमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
नारायणकाजी श्रेष्ठ

काठमाडौं :  संसदीय समितिको बैठकमा गृह मन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ । दुई जना युवकको प्रहरीको गोलि प्रहारबाट हत्या भएपछि छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा सांसद राजेन्द्र राईले श्रेष्ठकै अगाडि राजीनामा मागेका हुन्।


सोमबार बिहान मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) अन्तर्गत छानविन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको गृहमन्त्री श्रेष्ठले जानकारी गराएपछि राईले भने, ‘उक्त समितिले तपाईंले गृहमन्त्रीबाट राजीनामा नदिसम्म छानबिन गर्न सक्दैन । हुँदैन।’


‘मन्त्रीको पीएसओ, डीएसपी, सिडियोलाई निलम्बन किन गर्नुहुन्छ ? पहिला तपाईं आफै राजीनामा दिनुहोस्, कर्मचारीलाई मात्रै कारबाही गरेर समस्या समाधान हुन्छ ? सांसद राईले भने । ‘मन्त्रीले भनेपछि पीएसओ खुरुखुरु हिड्न पर्छ, तपाईं उसलाई किन कारबाही गर्नुहुन्छ ?’


राईले आज नै पत्रकार सम्मेलन गरेर उनलाई राजीनामा दिन सुझाव दिए । उनले भने, ‘रोजगार देउभन्दा गोली हान्ने ? मान्छे मार्ने, युवालाई मार्न आदेश दिने ? तपाईंले शान्ति सुरक्षा कायम गर्नु भएन ।’ 


समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्ने कि सरकाले गोली हान्ने उनले प्रश्न गरे । गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहीको मृत्यु भएको थियो।