Skip to main content

बालकुमारी गोलीकाण्ड : पूर्वन्यायाधीसको नेतृत्वमा छानविन समिति गठन

Submitted by editor on
ऐजेन्सीहरुको सहयोगमा
सुजन रावत र अछामका वीरेन्द्र शाही

काठमाडौं : बालकुमारी घटनाको छानविनका लागि मन्त्रिपरिषदको बैठकले उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको हो । 


मन्त्रिपरिषद् बैठकपश्चात गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यव्यवस्था समितिमा पौडेलको नेतृत्वमा छानविन समितिको सदस्यमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका शान्ति सुरक्षा प्रमुख सदस्य एवम् सहसचिव नारायणप्रसाद भट्टराई रहेको समिति गठन गरेको जानकारी दिए । मितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ।


गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहीको मृत्यु भएको थियो। ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले सावधानी नअपनाउँदा घटना घटेको सुरक्षा विज्ञहरूले बताएका छन् ।


यसअघि घटनाको छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।


घटनाको निष्पक्ष छानविन गर्न गृहले प्रमुख जिल्ला अधिकारी पण्डित र प्रहरी प्रमुख एसएसपी शाहलाई फिर्ता बोलाएको छ भने इपीएस शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी, ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओ सहायक प्रहरी निरीक्षक बोधराज दनुवारलाई निलम्बन गरेको छ ।