काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन । सोमबार विहान काठमाण्डौंको माईतीघरमण्डलाबाट राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
धोती दिवस मनाउने क्रममा राउतसहित पक्राउ परेका हुन । राउत सँगै जनमतका सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरिएको छ ।
माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।