Skip to main content

१२ दिनसम्म पनि आएन कोरोनाको भेरियन्ट छुट्टयाउने रिपोर्ट

Submitted by editor on
शिवराज भट्ट
सीमा नाका

धनगढी : भेरियन्ट पत्ता लगाउनका लागि कैलालीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएका कोरोना विरामीका नमुनाको रिपोर्ट १२ दिन सम्म पनि आएको छैन । भारतमा जेएन–१ भेरियन्टको कोरोना बढीरहेका बेला, नेपालमा पनि सोही भेरियन्ट हुनसक्ने भन्दै सुदूरपश्चिम प्रादेशीक प्रयोगशालाले पुसको ६ गते ४ वना  पुसको ११ गते ५ जनाको स्वाबको नमुना काठमाण्डौं पठाएको थियो ।

भारतको राजधानी दिल्ली  सहित चेन्नई, बेंगलोर र हैदराबादबाट आएका नेपालीहरुमा कोरोना पोजेटिव देखिएको थियो ।


‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आईतबार वा सोमबारसम्म रिपोर्ट आउछ भनेको छ, भेरियन्ट पत्ता लगाउन समय लागेको हुनसक्छ’ सुदूरपश्चिम प्रादेशीक प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले भने । पुसको ४ गते र ११ गते भारतको राजधानी दिल्ली  सहित चेन्नई, बेंगलोर र हैदराबादबाट आएका नेपालीहरुमा कोरोना पोजेटिव देखिएको थियो ।


भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि कोरोनाका विरामीहरु बढन थालेका छन । सीमा नाकाहरुमा गरिएको एन्टीजेन परिक्षणमा, कैलालीको त्रीनगर नाकामा मात्रै पुस यता ९ जनामा कोरोना पुष्टी भएको सीमा नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ । झण्डै ७३५ज नाको एन्टीजेन परिक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुस्टी भएको हो ।


भारतको राजधानी नयाँदिल्ली सहित चेन्नई, बेंगलोर र हैदराबादमा कोरोनाका नयाँ भेरियन्टका विरामी बढेका छन । भारतको केरलमा कोरोना भाइरसको जेएन–१ नामको नयाँ भेरियन्ट पुष्टि भएपछि भारतले अरु प्रदेशमा पनि कोरोना जाँच गराएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ का विरामी बढन थालेपछि नेपाल भित्रिनेहरुमा पनि कोरोना भेटिन थालेको हो । 


सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले भारतमा भेटिएको जेएन–१ नामको भेरियन्ट त्यत्ती खतरनाक नरहेको बताए । ‘खतरनाक त त्यती छैन, तर हामीले सजगता भने अपनाउनुपर्छ । हामीले सबै सीमा नाकामा एन्टीजेन परिक्षणको निर्देशन दिएका छौं’ डाक्टर जोशीले भने ।


सीमा नाकामा पोजेटिव देखिएहरु सबैलाई घर पठाइएको छ । लक्षण देखिएका विरामीहरुलाई घरमै आईसोलेशनमा बस्न भनिएको छ । तर घर जानेहरुले लापरवाही गरे गाउँघरमा पनि कोरोनाका विरामी बढने जोखीम भने कायमै छ ।


कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य संगठनले पनि केही दिनअघि सचेत गराएको थियो । भारतसँगको खुला सीमाना भएका कारण त्यहाँ पुस्टी भएको भेरियन्ट नेपालमा सहजै आउन सक्ने खतरा बढेको छ ।