धनगढी : चैत्र २६ गते राती अत्तरिया स्थित दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्याका आरोपी हेमन्त बोहरा लाई प्रहरीले सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै अभियुक्त बैतडी डिलाशैनीका बोहरा लाई सार्वजनिक गरेको हो ।
२६ गते दिउसो देखि नै अत्तरिया स्थित शिविरमा मदिरा सेवन गरेका बोहरा रातीको समयमा मन्दिरमा सुत्न गएको र त्यही मन्दिरमा उनी आउनु पहिला कैनी सुतेका थिए ।
आरोपित बोहरा पुनः उठेर अत्तरियाका होटलमा मदिरा खोज्न गएको र त्यही क्रममा धनगढी रोड स्थित गुरुङ म म पसलमा गएको मदिरा र डिस्पोजल ग्लास खरिद गरि मन्दिरमा गएर सुतेको खुलेको छ।
रातीको समयमा उठ्दा आफ्नो ४ सय हराएको र त्यही सुतेका कैनीले चोरेको आशन्कामा उनलाइ ढुङ्गा प्रहार गरि हत्या भएको अभियुक्तको बयान रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख डिएसपी गंगा बहादुर थापाले बताए ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कैलालीमा पेश गरिने जनाइएको छ । यस घटनाको अनुसन्धानमा डिएसपी थापाको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालय महेन्द्रनगर लगायतका निकाए बाट प्रहरी परिचालन गरिएको थियो ।