Skip to main content

सडकमार्ग भएर फर्केका मुख्यमन्त्री शाहको गौरिफन्टा नाकामा भब्य स्वागत

Submitted by editor on
ईबिगुल संवाददाता
 कमल बहादुर शाह

धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर स्वदेश फर्केका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको गौरीफन्टा नाकामा भब्य स्वागत गरिएको छ ।

उत्तरप्रदेशको राजधानी लखनउमा मुख्यमन्त्री योगि आदित्ष्यनाथसँग भेटघाट गरेर सडकमार्गबाट सुदूरपश्चिम फर्केका मुख्यमन्त्री शाहको गौरिफन्टा नाकामा प्रदेशका मन्त्री सचिव, प्रदेश सभा सदस्यहरु र अन्य कर्मचारीहरुले स्वागत गरेका हुन । 

भारत सरकारको निमन्त्रणामा बैशाख १६गते मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय उच्चस्तरिय सरकारी टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट भारत भ्रमणमा गएको थियो ।

भारत भ्रमणमा रहँदा मुख्यमन्त्री शाहले विशिष्ट व्यक्तिहरुसँगको भेटघाटमा कृषि, पर्यटन, उर्जालगायत क्षेत्रको विकास सन्दर्भ छलफल गरेका थिए । टोली आज लखनउबाट स्थलमार्ग हुँदै धनगढी आइ पुगेको हो । 

मुख्यमन्त्री शाहले भ्रमणका क्रममा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिहं धामी र अन्य मन्त्रीहरु सित भेटवार्ता गरेका थिए ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद भ्रमण टोलीमा थिए ।

यस्तै नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा.कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा सहभागि थिए ।