धनगढीः कर्णाली नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन्।
टीकापुर नगरपालिका–२ मुलपानी स्थित कर्णाली नदीमा जानकी गाउँपालिका–१ दुर्गौली बस्ने १७ वर्षीय संतोष धामी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। धामी लगायतका उनका ६ जना साथीहरु कर्णाली नदीमा पौडी खेल्ने क्रममा धामी नदीमा डुबेर वेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।