Skip to main content

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
 मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार भीरबाट लडेर दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथको मृत्यु भएको हो। घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी नाथ शनिवार लडेर गम्भीर घाइते भएकी थिइन्। उनको जिल्ला अस्पतालमा उपचारका क्रममा सोही दिन नै मृत्यु भएको प्रवक्ता बडूले बताए।