Skip to main content

लागूऔषधसहित धनगढीका एक युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ भगत चोक स्थित सोही ठाउँ बस्ने २३ वर्षीय राहुल राना लागूऔषधसहित पक्राउ परेका हुन्। रानालाई चेकजाँच गर्दा ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।