Skip to main content

बझाङको पतालचौर केन्द्र भएर भूकम्पको धक्का महसुस

Submitted by editor on
ईबिगुल संवाददाता
भूकम्प

चैनपुर : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्प गएको हो । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेको छ । 

सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् । रासस