Skip to main content

अत्तरियाको दोहोरी साँझ हत्या प्रकरण, पक्राउ परेका ६ जनाको आज म्याद थपिदै

Submitted by editor on
मृतकका आफन्त चक्र बहादुर देउवाले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का टेक बहादुर नायक, वडा नम्बर ९ का राम बहादुर ऐर, गोदावरी नगरपालिका वडा नम्बर १ का विनोद शाह, वडा नम्बर १ कै उमेश बढैला, यज्ञ विक र गोदावरी ६का प्रकाश ओली विरुद्ध किटानी जाहेरी दिएका छन ।
शिवराज भट्ट
मृत्यु प्रकरण

धनगढी : अत्तरियाको दोहोरी साँझमा कुटपिट पछि मृत्यु प्रकरण रहस्यमयी बन्दै गएको छ । प्रहरीले शनिबार दोहोरी साँझको सिसि क्यमेराको भिडियो नियन्त्रणमा लिएपनि त्यसमा सामान्य भनाभन बाहेकको कुुटपिट नदेखिएपछि घटना रहस्यमयी बन्दै गएको हो ।

पुसको २५ गते अत्तरियाको न्यु सत्कार दोहोरीमा गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का ४२ वर्षका श्याम देउवाको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा पुस २६ गते मृत्यु भएको थियो ।

घरबाट पुस २५ गते अत्तरिया तर्फ आएका देउवा २६ गते विहान कृष्णपुरकै चौकीडाँडामा घाईते अवस्थामा फेल परेपछि आफन्तहरुले उनलाई उपचारका लागि धनगढी स्थित निसर्ग अस्पताल पुुगाएका थिए । तर उनको त्यसै दिन मृत्यु भएको थियो ।

शरिरभरी घाउ भएको अवस्थामा घाईते फेला परेका देउवाको मृत्यु भएपछि आफन्तहरुले ६ जनाका विरुद्ध किटानी जाहेरी दिएका छन । 
मृतकका आफन्त चक्र बहादुर देउवाले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का टेक बहादुर नायक, वडा नम्बर ९ का राम बहादुर ऐर, गोदावरी नगरपालिका वडा नम्बर १ का विनोद शाह, वडा नम्बर १ कै उमेश बढैला, यज्ञ विक र गोदावरी ६का प्रकाश ओली विरुद्ध किटानी जाहेरी दिएका छन । प्रहरीले किटान गरिएका ६ जनालाई पक्राउ गरि अनुसन्धान भईरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी कुलदिप चन्दले शनिबार दोहोरी साँझको सिसि क्यामेराको फुटेज नियन्त्रणमा लिएको बताए । ‘दोहोरी भीत्रको सिसि क्यामेराको फुटेज हेर्दा नाच्ने बेला केही विवाद भएको देखिन्छ तर कुटपिट भने देखिदैन’ डिएसपी चन्दले भने ।

डिएसपी चन्दका अनुसार  २५ गते राती दोहोरी बन्द भएपछि मृतक देउवा र उनका साथी टेक बहादुर नायक बाहिर निस्केका देखिन्छन । नायक फेरि दोहोरीमा पस्छन । त्यतीबेला बाहिर कुरिरहेका देउवा त्यहाँबाट बेपत्ता हुन्छन ।

डिएसपी कुलदिप चन्द भन्छन, ‘नायक देउवाको मोबाईल छुटेको र लिन भनेर दोस्रो पटक दोहोरी पसेका रहेछन, तर त्यो मोबाईल भेटिएको छैन ।’ प्रहरीले दोहोरीबाट बाहिर निस्केपछि देउवामाथि कुटपिट भएको आशंका गरेको छ । ‘आइतबार ६जनाको म्याद थप गर्ने तयारी भएको छ । त्यसपछि बयान सुरु हुन्छ’ डिएसपी चन्दले भने ।