Skip to main content

काँचो सालका रुख काटेको आरोपमा सामुदायीक बनका अध्यक्ष सहित २ जना पक्राउ

Submitted by editor on
गडबिजला सामुदायीक बनका पदाधीकारीहरुको मिलेमतोमा ब्यापक बन फडानी भईरहेको हो । सामुुदायीक बनमा दर्जनौ सालका रुख काटिएका कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउदले बताए ।
शिवराज भट्ट
बन फडानी

धनगढी : सामुदायीक  बनभीत्र काचो सालका रुख काटेको आरोपमा बनका अध्यक्ष सहित २ जना पक्राउ परेका छन । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित गडबिजला सामुदायीक बनका अध्यक्ष धनीराम चौधरी र काठ काट्न संलग्न भएको आरोपमा सोही ठाउँका नारायण चौधरीलाई डिभिजन बन कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । 

गडबिजला सामुदायीक बनका पदाधीकारीहरुको मिलेमतोमा ब्यापक बन फडानी भईरहेको हो । सामुुदायीक बनमा दर्जनौ सालका रुख काटिएका कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउदले बताए ।

‘गडबिजला सामुदायीक बनमा काँचो सालका रुख काटेर गोलिया बनाई गायव पारिएका छन । बनमा हेर्न जाँदा ठुटा मात्र देखिन्छन । डिभिजन बन कार्यालयले पनि बन फडानीमा चासो लिएको देखिदैन’ वडाध्यक्ष साउदले भने । 

यसअघि पनि सामुदायीक बनभीत्र काँचा सालका रुख काटिएका थिए । त्यतीबेला पनि सामुदायीक बनका अध्यक्ष धनीराम चौधरीका दाई राम बहादुर चौधरीको केराबारीमा चिरान गरिएको अवस्थामा काठ फेला परेको थियो । 

त्यतीबेलाको काठ काटन संलग्न नारायण चौधरीलाई शनिबार मात्रै पक्राउ गरिएको डिभिजन बन कार्यालय कञ्चनपुरका बन अधिकृत अमर सिह धामीले बताए । ‘सामुदायीक बनका पदाधीकारीको संलग्नता बिना काचो रुख काटेर गोलीया बनाई सप्लाई गर्न नै सकिदैन’ बन अधिकृत धामीले भने । ‘नारायण चौधरी यसअधिको काठ कटानीमा पनि फरार अभियुक्त हुन ।’

सामुदायीक बनका अध्यक्ष धनिराम चौधरीका दाई राम बहादुर चौधरी पनि डिभिजन बनले फरारको सूूचीमा राखेको छ । वडाध्यक्ष अर्जुुन साउदले पनि सामुुदायीक बनका पदाधीकारीहरुको मिलेमतोमा दर्जनौं सालका काँचा रुखहरु कटानी भईरहेको बताए । ‘सामुुदायीक बन भनेको उपभोक्ताले संरक्षण गर्ने क्षेत्र हो तर उपभोक्ताले नै चुनेर पठाएका पदाधीकारीहरु नै बन फडानीमा लागेका छन’ वडाध्यक्ष साउदले भने  ।

उनले बन फडानीमा संलग्नहरुलाई कारवाही हुनुपर्ने बताए । ‘सामुुदायीक बनभीत्र राम्ररी निरिक्षण नै गरिएको छैन । हामीले डिभिजन बनलाई बनको निरिक्षणका लागि पनि अनुरोध गरेका छौं, भीत्रभित्र ठुलो संख्यामा रुख काटिएका छन’ वडाध्यक्ष साउदले भने ।