Skip to main content

गुमेको दृष्टि बुढेसकालमा फर्केपछिको खुसी...

Submitted by editor on
बैतडीको दोगडाकेदारमा ५१ जनाको मोतियाविन्दको अप्रेशन
ईबिगुल संवाददाता
सल्यक्रिया

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा पर्ने केदार मावि पिपलकोटमा गरिएको आँखा शिविरमा ५१ जना आँखाका विरामीको मोतियाविन्दको सल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पतालका चिकित्सक सहितका प्राविधिकहरुको टोलीले दुई दिनसम्म सञ्चालन गरेको निशुल्क शिविरमा ५१ जनाको सल्यक्रिया भएको हो । 

केदार संस्कृती संरक्षण समाजको आयोजना तथा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको सहयोगमा शिविरको आयोजना गरिएको गेटा आँखा अस्पतालका बाह्य सम्पर्क अधिकृत रमेश चन्द्र भट्टले जानकारी दिए ।

शिविरमा ३६२ जना आँखाका विरामीले सेवा लिएका थिए । उनीहरुलाई निशुल्क आँखा जाँच, औषधी तथा चस्माहरु वितरण गरएका थिए । गेटा आँखा अस्पतालका नेत्र विषेशज्ञ डाक्टर लिनु रायमाझीको नेतृत्वमा १३ जना प्राविधिकहरुको टोली शिविरमा खटिएको थियो । 

प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष आफ्ना ९ वटै जिल्लामा सञ्चालित २३ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त ग्रामीण क्षेत्रमा आँखा उपचार शिविर गर्दै आएको छ ।