Skip to main content

नसामा जल्दै युवापिढी : ३० वर्ष मुनीका ८९ प्रतिसत युवा ड्रग्सको कारोबारमा

Submitted by editor on
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले २०७९ सालको चैत देखि २०८० सालको असार मसान्तसम्म सार्वजनिक गरेको एक अध्ययन अनुसार ३० वर्ष मुनीका ८९ प्रतिसत युवाहरु लागुपदार्थको सेवन र कारोबारमा लागेको भेटिएको हो ।
शिवराज भट्ट
ड्रग्सको कारोबार

धनगढी : खुला सीमानाको फाईदा उठाउदै भईरहेको ‘ड्रग्स’ तस्करीमा ९० प्रतिसत युवाहरु संलग्न रहेका पाईएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले २०७९ सालको चैत देखि २०८० सालको असार मसान्तसम्म  सार्वजनिक गरेको एक अध्ययन अनुसार ३० वर्ष मुनीका ८९ प्रतिसत युवाहरु लागुपदार्थको सेवन र कारोबारमा लागेको भेटिएको हो ।

सुदूरपश्चिम प्रदेशमा २०७९ सालको चैत देखि २०८० सालको असारसम्म ४ सय जना लागुपदार्थका कारोबारी पक्राउ परेका थिए । उनीहरुको उमेर समुहका आधारमा बर्गिकरण गर्दा सबैभन्दा बढी १६२ जना २५ देखि ३० वर्ष उमेर समुहका युवाहरु ड्रग्सको सेवन र कारोबारमा पक्राउ परेका छन । ‘प्रतिसतमा भन्ने हो भने यो ४१ प्रतिसत हो’ प्रदेश प्रहरी कार्यालय, अपराध अनुुसन्धान शाखाका एक प्रहरी अधिकृतले भने ।

१६ वर्ष देखि २० वर्ष अथवा ‘टीन एजर’ समुुहका १०६ जना युवाहरु लागुपदार्थको सेवन र कारोबारमा पक्राउ परेका छन । ‘चैत देखि असार सम्मको ४ महिनाको तथ्यांक विश्लेषण गर्ने हो भने टीनएजर मात्रै २७ प्रतिसत लागुपदार्थको सेवन र कारोबारको आरोपमा पक्राउ परेका छन’ ती सुरक्षा अधिकारीले भने । 

प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुुसार कुल पक्राउ परेका ४ सय जना मध्ये मा १६ वर्ष देखि २० उमेर समुहका (टीनएजर) १०६ जना पक्राउ परेका छन । यो भनेको २७ प्रतिसत हो । 

प्रहरीले २६ देखि ३० वर्ष उमेर समुहका १८ प्रतिसत र १५ वर्ष मुनीका ३ प्रतिसत वालवालिका पनि लागुपदार्थको सेवन तथा कारोबार गरेको आरोपमा पक्राउ परेका छन । प्रहरीले ३१ देखि ४० वर्ष उमेर समुहका ३२ जना, ४१ वर्ष देखि ५० वर्ष उमेर समुहका १० जना र ५१ देखि ६५ वर्ष उमेर समुहका २ जनालाई लागुपदार्थको कारोबारमा पक्राउ गरिएको जनाएको छ ।