Skip to main content

सशस्त्र र नेपाल प्रहरीको घेरामा नगरपालिका भवन उद्घाटन

Submitted by editor on
सरकारले ऋणमा बनाएको भवन उद्घाटनमा हानथाप
ईबिगुल संवाददाता
गोदावरी

धनगढी : नेकपा एमालेको विरोधका बाबजुद पनि कैलालीको गोदावरी नगरपालिकाको भवन उद्घाटन गरिएको छ । यसअघिका मेयर हरिसिंह साउदले उद्घाटन गरेको सीला हटाएर अहिलेका मेयर विरेन्द्र भट्टले शसस्त्र प्रहरी र नेपाल प्रहरीको घेरामा पुनः भवनको उद्घाटन गरेका हुन । 

विहीबार विहानै एक पटक उद्घाटन भएको भवनको दोस्रो पटक उद्घाटन गरिन लागेको भन्दै नेकपा एमालेका नेता कार्यकर्ताहरुले नगरपालिका परिषरमै पुुगेर नाराबाजी गरी विरोध गरेका थिए । तर नगरपालिकाले नेपाल प्रहरी र शसस्त्र प्रहरीको घेरामा भवनमा नयाँ सिलालेख टाँस गरेको छ । 

नेकपा एमालेको तर्फबाट मेयर हरिसिह साँउदको नामको सिलालेख हटाईएको छ । भवनको भीत्र पस्ने स्थानमा लगाइएको उक्त सीलालेखमा कार्यपालिका सदस्यहरुको नामावली टाँस गरिएको छ  भने अहिलेका मेयर विरेन्द्र भट्टले भवनको परिषरमा राष्ट्रिय झण्डा राखेको स्थानमा आफ्नो नयाँ सिलालेख लगाएका छन ।

एशीयाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले उक्त भवन निर्माण गरको थियो । संघ सरकार मातहत रहेको क्षेत्रयि शहरी विकास आयोजनाले गोदावरी, शुक्लाफाँटा र कञ्चनपुर गरी तीन स्थानीय तहको भवन निर्माण गरेको थियो । क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले उक्त भवन १३ करोड ४६ लाखको लागतमा निर्माण भएको जनाएको छ ।