Skip to main content

ब्राउन सुुगर तस्करीका अखाडा बन्दै कैलाली र कञ्चनपुरका सीमा नाकाहरु

Submitted by editor on
एकै दिन ९ जना युवाहरु पक्राउ, ती मध्ये ८ जना २५ वर्ष मुनीका
ब्राउन सुुगर

धनगढी : कैलाली र कञ्चनपुरका सीमा नाकाहरु ब्राउन सुुगर तस्करीका अखाडा बनिरहेका छन । भारतका सीमा शहरहरुबाट नेपल तर्फ ब्राउन सुगर तस्करी तिब्र रुपमा बढिरहेको छ । 

विहीबार मात्रै प्रहरीले कैलाली र कञ्चनपुरबाट ८ ग्राम ६७० मिलिग्राम ब्राउन सुुगर सहित ९ जनालाई पक्राउ गरेको छ । ती मध्ये ८ जना २५ वर्ष मुनीका युवाहरु छन ।

विहीबार आरआईटीको टीमले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देबहरियाबाट ६ ग्राम ८७० मिलिग्राम ब्राउन सुुगर सहित ५ जना युुवकहरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका ६ का २४ बर्षिय राज चौधरी, पुनर्बास नगरपालिका १ का २१ बर्षिय हरिलाल राना, पुनर्बास १ कै ३२ बर्षिय कनैया राना, सोही ठाउँका १८ बर्षिय अर्जुन राना र बेलौरी नगरपालिका ७ का १९ बर्षिय अविसेन राना रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन ।

यस्तै कञ्चनपुुरको बेलौरी नगरपालिका १० दिपाघाँटबाट १ ग्राम ८८० मिलिग्राम ब्राउन सुुगर सहित लालझाडी गाउपालिका ५ का २१ वर्षका प्रकाश महरा समेत दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनीहरुसँग ब्राउन सुुगर फेला परेको हो । 

कञ्चनपुरकै भिमदत्त नगरपालिका वडा नम्बर ४ सब्जिमण्डीबाट १० मिलिग्राम ब्राउन सुुगर ससिहत १९वर्षका अनुराग तोके सहितका २ जना पनि पक्राउ परेका छन । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनसँग ब्राउन सुुगर फेला परेको हो । प्रहरीले उनीहरु माथि थप अनुसन्धान गरिरहेको छ ।