Skip to main content

‘समुदायमा काँग्रेस’ अभियानका लागि प्रतिनिधिहरु खटाईए

Submitted by editor on
ईबिगुल संवाददाता
‘समुदायमा काँग्रेस’ अभियानका लागि प्रतिनिधिहरु खटाईए

धनगढी : नेपाली काँग्रेसले सुरु गरेको ‘समुदायमा काँग्रेस’ अभियानका लागि सुदूरपचिममा पनि प्रतिनिधिहरु खटाएको छ । काँग्रेसले ९ वटै जिल्लाका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको हो ।

नेपाली काँग्रेसले यही माघ १३ गते देखि माघ २६ गते सम्म ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गरेको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई परिपत्र गरिएको र प्रतिनिधि खटाईएको बताए ।