Skip to main content

गोदावरीका मेयरका स्वकीय सहित २ जना विरुद्ध नक्कली टिकट विक्रि गरेको भन्दै किटानी

Submitted by editor on
ईबिगुल संवाददाता
जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले महोत्सवमा भेटिएको नक्कली टिकटको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएको छ ।

संघका अध्यक्ष कल्याणसिंह बोहराको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको टोलीले  ११ जना पदाधिकारीको हस्ताक्षरसहित संघका सचिव दिलिपकुमार साउँद  र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महरा विरुद्ध किटानी जाहेरी दर्ता गरेको हो ।

महोत्सवमा टिकट वितरकको जिम्मेवारी सचिव साउँदलाई थियो भने स्ववियु सभापति महराले टिकट बिक्रीको जिम्मा पाएका थिए । अत्तरियामा पुष २६ गतेदेखि माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो ।

साउद गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टका स्वकीय सचिव हुन । उनी विरुद्धको किटानी जाहेरी दर्ता नगर्न दबाब आएपनि दर्ता भएको प्रहरीले जनाएको छ ।