Skip to main content

कमल बहादुर शाह ! सुदूरपश्चिमका मुख्यमन्त्री की काठमाण्डौंका ?

Submitted by editor on
मुख्यमन्त्री कमल बहादुर शाहले २९४ दिनको कार्यकालभरी ११६ दिन काठमाण्डौं भ्रमणमा विताएका छन ।
ईबिगुल संवाददाता
मुख्यमन्त्री कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, आफुनो कार्यकालको झण्डै आधा समय काठमाण्डौं बसेका पाईएको छ । उनले मुख्यमन्त्रीको सपथ लिएको दिन देखिको ९ महिना २६ दिनको विवरण हेर्दा उनले झण्डै आधा समय काठमाण्डौं विताएका हुन ।

कमल बहादुर शाह २०७९ सालको माघ २७ गते सुदूरपश्चिमका मुख्यमन्त्री भए । त्यस दिन देखि मंसिरको २१ गते सम्मको उनको काठमाण्डौंको तथ्यांक हेर्ने हो भने उनी ११६ दिन अथवा ४ महिनामा ४ दिन कम मात्र काठमाण्डौं बसेका हुन ।

मुख्यमन्त्री तथा मन्त्री परिषदकै कार्यालयले दिएको तथ्यांक अनुसार २०७९ सालको माघ २८ गते देखि उनको संघीय राजधानी काठमाण्डौंको यात्रा सुरु भएको छ । ईबिगुललाई २०८० मंसिर २१ गते सम्म प्राप्त भएको तथ्यांक अनुसार उनको कार्यकालको २९४ दिनमा उनी ११६ दिन काठमाण्डौं बसेका छन । 

अझ अचम्म लाग्दो कुरा के छ भने कार्यकालका ४ महिना काठमाण्डौं विताएका मुख्यमन्त्री शाहले सुदूरपश्चिमका ७ पहाडि जिल्लाका लागि भने २७ दिन मात्रै खर्चेका छन । ‘काठमाण्डौं ११६ दिन बस्ने र सुदूरपश्चिमका ७ पहाडि जिल्लाका लागि २७ दिन मात्रै खर्चिने मुख्यमन्त्री सुदूरपश्चिमका हुन की काठमाण्डौं का ?’ ब्यंग गर्दै प्रतिपक्षी दलका एक नेताले भने ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएपछि देखिने कामै नगरेको भन्दै उनको आलोचना भईरहेको छ । मंसिर सम्मको कार्यकालमा उनले २२ पटक गरेको काठमाण्डौं भ्रमणमा ११६ दिन खर्चिएका हुन । 

माघ २७ गते सपथ लिएर २८ गते देखि नै संघीय राजधानी उडेका उनले कुनै महिना त तीन÷तीन पटक काठमाण्डौं गएको तथ्यांक छ । २०७९ सालको फागुुन ९ गते, २४ गते र २८ गते गरी एकै महिनामा तीन पटक उनी संघीय राजधानी उडेका थिए ।